CBS Song 720 X 1280 by Kumar Gurung published on 2021-09-23T10:55:39Z राष्ट्रिय जनगणना २०७८ नेपाल सरकार, राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग द्धारा बिक्रम संबत १९६८ देखि प्रत्येक दश वर्षमा संचालन गरिदै आएको राष्ट्रिय जनगणनाको बाह्रौं श्रृंखला तथा संघिय नेपालको पहिलो जनगणना, राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत मिति २०७८ भाद्र ३० गते देखि (असोज १८ गते सम्म) घर तथा घरपरिवार सूचिकरण कार्य भई रहेको छ भने दोस्रो चरण अन्तर्गत मिति २०७८ कार्तिक २५ देखि मंसिर ९ सम्म मूल गणना कार्य सञ्चालन हुनेछ । हामी कोहि पनि नछुटी र नदोहोरिई यस राष्ट्रिय कार्यक्रममा भाग लिन हामी सबैलाई अनुरोध गर्न चाहन्छौं । धन्यवाद ! "मेरो गणना, मेरो सहभागिता" स्थानीय जनगणना कार्यालय मादी, कास्की (मादी गा.पा. र रुपा गा.पा.)